PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

दामनको एक होटलमा बेहोस भएका ८ भारतीयको उपचारका क्रममा मृत्यु



सविन ढकाल

दामनको एक होटलमा बेहोस भएका ८ भारतीयको उपचारका क्रममा मृत्यु
प्रतीकात्मक फोटो

काठमाडौं : मकवानपुरको एक होटलमा बेहोस भएका ८ जना भारतीयको मृत्यु भएको छ। थाहा नगरपालिका-४ स्थित एभरेस्ट पानोरामा होटलमा बेहोस भएर काठमाडौं उपचारका लागि ल्याइएका उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी परीसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) होबिन्द्र बोगटीले पुष्टि गरे।

मृत्यु हुने आठ जनामध्ये दुई बालक र दुई बालिका रहेको बोगटीले बताए। उनीहरुको काठमाडौंस्थित ह्याम्स हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो। १५ जनाको समूहमा रहेका उनीहरु मकवानपुरको दामनमा घुम्न आएका थिए। 

उनीहरुले एभरेस्ट पानोरामा होटलमा दुई वटा कोठा बुक गरेर रात बिताएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एउटा कोठामा ७ र अर्कोमा ८ जना बसेका थिए। ८ जना बसेको कोठामा रातभर ग्यास हिटर बालिएको थियो। हिटर बालेका कारण अक्सिजनको कमीले निसास्सिएर उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। यसबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell