PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

हत्या अभियोगमा फरार रहेका ‘कमल झ्याप्ले’ पक्राउ



पहिलोपोस्ट

हत्या अभियोगमा फरार रहेका ‘कमल झ्याप्ले’ पक्राउ

काठमाडौं : हत्या अभियोगमा फरार रहेका ‘कमल झ्याप्ले’ तथा ‘कमल न्यौपाने’ भनिने कमल विकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीलाई उनलाई सोमवार गोंगबुको गणेशस्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। विकले धादिङको तिप्लाङ-९ घर भई काठमाडौंको गोलढुंगा बस्ने २५ वर्षीय युरूङ तामाङलाई टोखा नगरपालिका-१३ दिपज्योतिमा ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ।

धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ७ घर भई बसुन्धरा बस्ने २५ बर्षीय विकविरुद्ध हत्या अभियोगमा उच्च अदालत पाटनले २०७२ साल असार २२ गते १० बर्ष कैद सजाय सुनाएको थियो। पक्राउ परेका विकलाई आवश्यक कारबाहीको लागि मंगलवार काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell