PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दीपक मनाङेद्वारा एन्फा कास्कीका अध्यक्षमाथि हातपात, 'पहिलेकै डन पारा देखाए'



मुकुन्द घिमिरे

दीपक मनाङेद्वारा एन्फा कास्कीका अध्यक्षमाथि हातपात, 'पहिलेकै डन पारा देखाए'

काठमाडौं : गण्डकी प्रदेशका प्रदेशसभा सांसद दीपक मनाङेले अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका छन्। मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा असन्तुष्टि जनाउँदै उनले गुरुङमाथि हातपात गरेका हुन्।

फुटबलको नियम थाह नहुनेले पुरानै पारा देखाएर हातपात गरेको गुरुङको आरोप छ। गुरुङले भने, 'दीपक मनाङेले फूटबलको एफ पनि जाँदैन। सभासद् हो दाई भनेर रेस्पेक्ट गरेकै थिए। भोलि मनाङको गेम छ। डे एफ्टर बिफोर भन्ने हुन्छ नि। पाँच छ दिन अघि होटल मिलाइदिनुपर्‍यो रे। उसलाई किन सल्लाह लिएन रे। म नियमभन्दा बाहिर त जान सकिन्न नि। मेरो खल्तीको पैसा भनेर त्यो त हामी गेम भन्दा बहिर जान सकिएन नि।'

मनाङले मुख छाडेको र हातपातसमेत गरेको उनको दाबी छ। भने, 'उसले मुख छाड्यो धेरै। सभासद् हो रेस्पेक्ट गरेर सहेरै बसे। किक्सिक देखाए। उसले डन पारा देखाए।'

सांसद्को व्यवहारविरुद्ध आफू अदालत जाने तयारीमा रहेको गुरुङले बताए। भने,'अब केस हाल्दै छु। एन्फाले विज्ञप्ति निकाल्दैछ रे। प्रदेश समितिले विज्ञप्ति निकाल्छ।' व्यवस्थापन कमजोर भएको आरोप लगाउँदै मनाङे कुटपिटमा उत्रिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell