PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

यातायात व्यवस्था कार्यालयको सेवा ‘झुर’, वर्ष दिन बित्दा पनि बनेन लाइसेन्स



राधेश्याम पटेल

यातायात व्यवस्था कार्यालयको सेवा ‘झुर’, वर्ष दिन बित्दा पनि बनेन लाइसेन्स
प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय, वीरगंज।

वीरगंज : प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय नारायणी वीरगंजको लाइसेन्स शाखाले प्रभावकारी सेवा नदिएको सेवाग्राहीले गुनासो गरेका छन्।

एउटा स्मार्ट लाइसेन्सको लागि डेढ वर्षभन्दा बढी समय लाग्ने गरेको सेवाग्राहीको गुनासो छ। यातायात व्यवस्था विभागको ढिलाइका कारण सेवाग्राहीको गुनासो आफूहरुले सुन्नु परेको लाइसेन्स शाखाका सूचना अधिकारी वीरेन्द्र साहले बताए।

२०१९ जनवरी १ देखि २०२० जनवरीसम्म परीक्षा पास भएका र नविकरणमा आएका झण्डै ५० हजार सेवाग्राहीको स्मार्ट लाइसेन्स नबनेको कार्यालयको तथ्यांकमा उल्लेख छ।

७ वटै प्रदेशको एकै ठाउँ मिनभवन काठमाडौंको विभागमा स्मार्ट कार्ड छापिने भएकाले माग बमोजिम छपाइ नभएको अवस्था छ। वीरगंज कार्यालयबाट दर्ता भएको नयाँ २३ हजार २ सय ५६, वर्ग थप ६ हजार २ सय २८, प्रतिलिपि २ हजार ७ सय २२, नविकरण १६ हजार ६ सय ९९ र प्रतिलिपिसँगै नविकरण १ हजार ८२ गरी कुल ४९ हजार ९ सय ८७ थान लाइसेन्स छाप्न बाँकी रहेको कार्यालयका कम्प्युटर अपरेटर शम्भु चौधरीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell