PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

राष्ट्रपति भण्डारी र बेल्जियमकी राजकुमारीबीच महिला सशक्तिकरणका कुरा



पहिलोपोस्ट

राष्ट्रपति भण्डारी र बेल्जियमकी राजकुमारीबीच महिला सशक्तिकरणका कुरा
राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलवार शीतलनिवासमा बेल्जियमकी राजकुमारी एस्ट्रिदले भेटघाट गर्दै। तस्विर : रासस।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र बेल्जियमकी राजकुमारी अस्त्रिदबीच शिष्टाचार भेट भएको छ। नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी अस्त्रिदले मंगलवार शीतलनिवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारीसँग भेट गरेकी हुन्।

सो अवसरमा राष्ट्रपति भण्डारीले राजकुमारीको भ्रमणले नेपाल बेल्जियमबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा राखेको राष्ट्रपति कार्यालयले जनाएको छ। भेटका क्रममा राष्ट्रपति भण्डारी र राजकुमारी अस्त्रिदबीच महिला सशक्तिकरणका क्षेत्रमा नेपालले गरेको उल्लेखनीय प्रगतिबारे समेत कुराकानी भएको थियो।

राजकुमारी अस्त्रिदले आफू संलग्न रहेको संस्थामार्फत नेपालमा कुष्ठरोग तथा क्षयरोग उन्मुलनको क्षेत्रमा काम गर्दै आएको बताएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell