PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सेफिल्डमाथि म्यान्चेस्टर सिटीको संघर्षपूर्ण जित



पहिलोपोस्ट

सेफिल्डमाथि म्यान्चेस्टर सिटीको संघर्षपूर्ण जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडमाथि संघर्षपूर्ण जित निकालेको छ। सिटीले अग्युरोको गोलमा घरेलु टोली सेफिल्डमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

प्रतिस्पर्धात्मक खेलको ३६ औं मिनेटमा सिटीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्न सकेन। ग्राबियल जिससको प्रहार सेफिल्डका गोलकिपर डिन हेन्डरसनले बचाएका थिए। यो सँगै पहिलो हाफ गोलरहित बराबरीमा रोकियो।

दोस्रो हाफमा भने सर्जियो अग्युरोले गोल गर्दै सिटीलाई अग्रता दिलाए। उनले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए। त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा उनको गोल निर्णायक बनेको थियो।

जितसँगै अंकतालिकाको दोस्रो स्थानमा रहेको सिटीले शीर्षस्थानको लिभरपुलसँग अंकदुरी केही भए पनि घटाएको छ। जारी सिजन अपराजित लिभरपुल तालिकामा ६४ अंकसहित शीर्षस्थानमा छ भने दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell