PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

शहीद स्मारक लिगमा आज मछिन्द्र र पुलिस भिड्दै, मछिन्द्रका कप्तान विराजको खेल्ने सम्भावना न्युन



पहिलोपोस्ट

शहीद स्मारक लिगमा आज मछिन्द्र र पुलिस भिड्दै, मछिन्द्रका  कप्तान विराजको खेल्ने सम्भावना न्युन

काठमाडौं :  शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज आठौं चरणको पहिलो खेल हुँदैछ। आजको खेलमा हेविवेट मानिने मछिन्द्र र विभागीय टोली नेपाल पुलिस क्लब भिड्दै छन्।

अंक तालिकाको दोस्रो स्थानमा रहेको मछिन्द्र क्लब आजको खेलमा जित निकाल्दै शीर्षस्थानको आर्मीसँग अंक बराबरी गर्ने दाउमा हुनेछ। मछिन्द्र क्लबको १३ अंक छ भने शीर्षस्थानमा रहेको आर्मीको १६ अंक छ।

‘हाम्रो लक्ष्य जित्ने नै हो। हामी स्पस्ट ३ अंकका लागि खेल्छौं।‘ मछिन्द्रका कप्तान विराज महर्जनले भने। यद्यपि चोटका कारण उनको खेल्ने सम्भावना भने न्यून छ। तर, उनको स्थानमा खेल्ने अरु खेलाडी भएकाले यसले खासै फरक नपर्ने उनले बताए।

अर्कोतर्फ नेपाल पुलिस क्लब ११ अंकसहित तालिकाको छैटौं स्थानमा छ। आजको खेलमा जित निकालेको खण्डमा पुलिस तालिकाको दोस्रो स्थानमा उक्लिन सक्छ।

पुलिसले जारी सिजन ७ खेल खेल्दै ३ जित, ३ हार र २ बराबरी खेल्दै ११ अंक जोडेको हो।

खेल दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell