PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

डाक्टर सिंहलाई एआइजीको फुली, प्रहरीकै इतिहासमा दोस्रो महिला यो पदमा



पहिलोपोस्ट

डाक्टर सिंहलाई एआइजीको फुली, प्रहरीकै इतिहासमा दोस्रो महिला यो पदमा

काठमाडौः प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएकी डा आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

बुधवार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा डाक्टर सिंहलाई एआइजीको दर्जान्य चिन्ह प्रदान गरिएको हो। उनी नेपाल प्रहरीको इतिहासमा एआइजीको फुली लगाउने दोस्रो महिला प्रहरी हुन्। यसअघि दुर्गा थापाले एआइजीको फुली लगाएकी हुन्। ३० वर्षे सेवा अवधिको कारण डाक्टर एआइजी थापाले गत पुस ४ गते अवकास पाएकी हुन्।

नेपाल प्रहरी अस्पतालले प्रदान गर्ने सेवा, व्यवहार, भौतिक संरचना लगायतमा उल्लेख्य सकारात्मक परिवर्तन भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका थिए।

प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले त्रुटिरहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न आफू तल्लिन हुने प्रतिवद्धता व्यक्त गरेकी थिइन। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु लगायत अन्य प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell