PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

राष्ट्रिय भलिबल : आर्मी र एपिएफ सेमिफाइनलमा



पहिलोपोस्ट

राष्ट्रिय भलिबल : आर्मी र एपिएफ सेमिफाइनलमा
फोटो : राखेप (फाइल)।

काठमाडौं :  एनभिए राष्ट्रिय पुरुष/महिला क्लब भलिबल प्रतियोगिताअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी र एपिएफ सेमिफाइनलमा प्रवेश गरेका छन्।

त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द भलिबल क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको हो।     

नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा भएको प्रतियोगितामा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्‍यो। आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा आर्मीले मणिमुकुन्दलाई २५-१९, २५-१८ र २५-१७ ले पराजित गर्‍यो।

त्यस्तै एपिएफले बुद्धटोल भलिबल टिमलाई सोझो सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो। एपिएफले बुद्धटोलमाथि २५-१८,२५-१७ र २५-११ को सेटमा जित हात पार्दै सेमिफाइनलको यात्रा तय गर्‍यो।

प्रतियोगिताका विजेताले दुई लाख रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँ तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले २५ हजार रुपैयाँ, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell