PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा : आयोग



पहिलोपोस्ट

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा : आयोग
बिहीवार हुने राष्ट्रिय सभाको निर्वाचनबारे जानकारी दिँदै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालगायत।

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको जानकारी दिएको छ। आज पत्रकार सम्मेलन गर्दै आयोगले माघ ९ गते (भोलि) हुने निर्वाचनबारे जानकारी दिएको हो। फागुन २० गते रिक्त हुन लागेको राष्ट्रिय सभाको १८ पदका लागि निर्वाचन हुँदैछ।

राष्ट्रिय सभा निर्वाचनका मतदाता प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, मेयर, उपमेयर हुन्। स्थानीय तहमा १५०६ तथा प्रदेशसभामा ५५० गरी कूल २०५६ मतदाता रहेको आयोगले जनाएको छ। निर्वाचनका लागि गत सोमवारबाट मौन अवधि लागू भइसकेको छ। निर्वाचनमा प्रदेश सभाको मतभार ४८ र स्थानीय तहको १८ रहेको छ।

कुन प्रदेशमा कति मतदाता, मतदानस्थल कहाँ?

आयोगले प्रदेश १ को निर्वाचनका लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा मतदान स्थल तोकेको छ। १ नम्बर प्रदेशमा प्रदेश सभा र स्थानीय तह गरी ३६७ मतदाता छन्।

उता, प्रदेश २ को मतदान जनकपुर महानगरपालिकाको महेन्द्र नारायणनिधी स्मृति भवनमा मतदानको व्यवस्था गरिएको आयोगले जनाएको छ। त्यहाँ ३७९ मतदाता रहेका छन्।

३४८ जना मतदाता रहेको वाग्मती प्रदेशको मतदान ललितपुर महानगरपालिकाको वडा नम्बर ४ को भवनमा हुनेछ। त्यस्तै २३० मतदाता रहेको गण्डकी प्रदेशको मतदान जिल्ला निर्वाचन कार्यालय कास्कीको भवन हुने आयोगले जनाएको छ।

३०५ मतदाता रहेको प्रदेश ५ को मतदान भने घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रमा हुने जानकारी दिइएको छ। उता, १९८ मतदाता रहेको कर्णाली प्रदेशको मतदान सुर्खेतको जिल्ला निर्वाचन कार्यलयमा हुनेछ।

२२९ जना मतदाता रहेको सुदूरपश्चिम प्रदेशको मतदान सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माविको भवन हुने आयोगले जानाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell