PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

अन्तशुल्क डगमगाएपछि आन्तरिक राजस्व कार्यालय वीरगंजले भेट्टाएन लक्ष्य



राधेश्याम पटेल

अन्तशुल्क डगमगाएपछि आन्तरिक राजस्व कार्यालय वीरगंजले भेट्टाएन लक्ष्य
आन्तरिक राजस्व कार्यालय, वीरगंज।

वीरगंज : आन्तरिक राजस्व कार्यालय वीरगंजले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य भन्दा कम राजस्व संकलन गरेको छ। कार्यालयले राजस्व विभागबाट पाएको लक्ष्यको ८१ प्रतिशत मात्र राजस्व संकलन गरेको हो।

कार्यालयले चालु आवको ६ महिनाको लागि पाएको ४ अर्ब १ करोड १६ लाख १४ हजार लक्ष्य मध्ये ३ अर्ब ३७ करोड ५९ लाख १ हजार मात्र राजस्व संकलन गरेको छ। 

कुल राजस्वको ८० प्रतिशत राजस्व अन्तशुल्क शिर्षकले समेट्ने भएतापनि अन्त शुल्क नै प्रभावित भएपछि कार्यालयले लक्ष्य भन्दा १९ प्रतिशत कम राजस्व संकलन गरेको हो। कार्यालयले चालु आवको पुस मसान्तसम्म अन्तशुल्क तर्फ २ अर्ब ४२ करोड १३ लाख ५ हजार लक्ष्य पाएकोमा ५५ प्रतिशत अर्थात १ अर्ब ३२ करोड ९९ लाख ५७ हजार, आयकर तर्फ १ अर्ब ७ करोड ६४ लाख ९ हजार लक्ष्य पाएकोमा ० दशमलव ६६ प्रतिशतले वृद्धि भई १ अर्ब ८ करोड ३५ लाख ४४ हजार राजस्व संकलन गरेको छ। त्यसैगरी भ्याट तर्फ ६८ करोड ७ लाख ८९ हजार लक्ष्य पाएकोमा लक्ष्य भन्दा ४१ प्रतिशत बढि ९६ करोड २२ लाख ५३ हजार राजस्व संकलन भएको छ।

पर्सामा हाल ७ वटा मदिरा उद्योगमध्ये हिमालयन डिस्टिलरी मात्र सञ्चालनमा छ। बाँकी ६ वटामध्ये केही बन्द भएका छन् भने केहीले घाटामा गएको भन्दै उत्पादन रोकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell