PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

नेपाल पुलिसमाथि मछिन्द्रको संघर्षपूर्ण जित

नेपाल पुलिसमाथि मछिन्द्रको संघर्षपूर्ण जित

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको आठौं चरणको पहिलो खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ।

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र क्लबले विभागिय टोली नेपाल पुलिस क्लबमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। मछिन्द्रको जितमा रन्जित धिमालले निर्णायक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेलको दोस्रो हाफमा मछिन्द्रले अग्रता बनाएको थियो। खेलको ५३ औं मिनेटमा रन्जित धिमालले गोल गर्दै मछिन्द्रलाई अगाडि बढाए। त्यसपछि कुनै टिमले गोल गर्न नसकेपछि धिमालको गोल नै मछिन्द्रका लागि निर्णायक बन्न पुग्यो।

जितसँगै मछिन्द्र क्लबले अंकतालिकाको शीर्षस्थानमा रहेको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ। दुवै टिमको १६ अंक रहेको छ। गोलअन्तरका आधारमा भने आर्मी अगाडि छ।

लिग अन्तर्गत भोलि २ खेल हुँदैछन्। पहिलो खेलमा जावलाखेल युथ क्लब र एपिएफ भिड्ने छन् भने दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र सरस्वती युथ क्लब भिड्ने छन्।

भोलि हुने मनाङको खेलले मछिन्द्रको स्थानलाई प्रभावित पार्न सक्छ।



ट्रेन्डिङ पोस्ट

Ncell