
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी पार्टीको नेतृत्वलाई नेकपामा आउन आग्रह गरेका छन्।
समाजवादीका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा उनले समाजवादीका अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवलाई नेकपामा आउन आग्रह गरेका हुन्।
उनले पार्टी प्रवेश गरेका समाजवादीका नेता रामप्रसाद रिजालको भनाइ उदृत गर्दै भने, ‘रामप्रसादजीले त्यहाँ अशोक राई, बावुराम भट्टराई बडो निरिह भएर बस्नु परेको छ। अप्ठ्यारो अवस्थामा हुनुहुन्छ भन्नुभयो।’
प्रचण्डले रामप्रसादको सो कुरा सत्य होला भन्ने लागेको बताए।
उनले भने, ‘उपेन्द्रजी पनि त्यहाँ झमेला गर्नु भन्दा यहाँ (नेकपामा) मिल्न आए हुन्थ्यो।’
उनले एकताबद्ध हुनुपर्नेमा जोड दिए। भने, ‘अलग अलग चुल्हा चौका लगाएर हुँदैन। देशको समृद्धिका लागि सबै मिलेर जाऔँ।’