PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

‘विप्लव’ समूहका एक जना बमसहित पक्राउ



रासस

‘विप्लव’ समूहका एक जना बमसहित पक्राउ

खाँदबारी : सङ्खुवासभाको सभापोखरीबाट रेडबुलको बट्टा र प्रेसर कुकरमा बनाइएको बमसहित प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर बमसहित पक्राउ परेका मादी नगरपालिका–५ मूलखर्कका सोमबहादुर तामाङलाई सार्वजनिक गरेको हो।

सोमबहादुरको साथबाट प्रहरीले एक क्वायल कालो तार, प्लाष्टिकले मोडिएको बम, ३३ नम्बरको डेटोनेटर ९ थान, सकेट बम एक थान, रातो सेफ्टीफ्यूज दुई इन्च र अन्य बन्दोबस्तीका सामग्री फेला पारेको हो।

सोमबहादुरको साथबाट फेला परेका सबै प्रकारका बम सेनाको खाँदबारीमा रहेको बराहदल गुल्मका सहसेनानी टङ्क कुँवरको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ। प्रहरीले सोमबहादुरलाई सभापोखरी गाउँपालिका–३ सुनाम्लाबाट विशेष सुराकीका आधारमा मंगलवार पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell