PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

दुई लाख हुन्डी रकमसहित एक जना पक्राउ



राधेश्याम पटेल

दुई लाख हुन्डी रकमसहित एक जना पक्राउ
हुन्डी रकमसहित पक्राउ परेका रामबाबु साह कलवार।

वीरगंज : पर्सा प्रहरीले एक जना हुन्डी कारोबारीलाई २ लाख नगदसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगंज १६ गहवा बस्ने ४६ वर्षीय रामबाबु साह कलवार रहेका छन्। ना ६४ प १३९४ नम्बरको मोटरसाइकलमा रक्सौलबाट वीरगंज आइरहेको अवस्थामा उनलाई वीरगंज १६ रजतजयन्ती चोकमा जाँचको क्रममा नियन्त्रणमा लिइएको थियो।

उनको साथबाट स्रोत नखुलेको २ लाख रुपैयाँ भेटिएपछि उनलाई हिरासतमा लिई थप अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell