PahiloPost

May 15, 2026 | १ जेठ २०८३

पतिको अपहरण गर्न पत्नीलाई गोली हानी हत्या गर्ने एक जना ११ वर्षपछि पक्राउ



राधेश्याम पटेल

पतिको अपहरण गर्न पत्नीलाई गोली हानी हत्या गर्ने एक जना ११ वर्षपछि पक्राउ
अपहरण तथा कर्तव्य ज्यान मुद्दामा ११ वर्षदेखि फरार रहेका अभियुक्त विक्रम यादव।

वीरगंज : पर्सा प्रहरीले ११ वर्षदेखि फरार रहेका एक जना कुख्यात अपराधीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज-२७ उदयपुरघुर्मीका ४५ वर्षीय विक्रम यादव रहेका छन्।

यादवले २०६५ साल भदौ २० गते सोही टोलका पन्नालाल सोनारलाई अपहरण गर्ने क्रममा उनकी श्रीमती देवमति देवीलाई गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। देवमतिको उपचारका क्रममा मृत्यु भएको थियो।

यादवलाई प्रहरीले बुधवार साझ गाउँमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। उनलाई अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell