PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

युभेन्टसले रोमालाई हरायो, पछिल्ला १० खेलमा रोनाल्डोको १३ गोल



पहिलोपोस्ट

युभेन्टसले रोमालाई हरायो, पछिल्ला १० खेलमा रोनाल्डोको १३ गोल

कोपा इटालियाको गएराति भएको खेलमा युभेन्टसले रोमालाई हराएको छ। रोमामाथि ३-१ को जितसँगै युभेन्टसले सेमिफाइनलको यात्रासमेत तय गरेको छ।

खेलको पहिलो हाफमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। फेरि ३८ औं मिनेटमा बेन्टानकुरले अर्को गोल थपे। त्यसपछि खेलको ४५ औं मिनेटमा बोनुस्सीले गोल गर्दा पहिलो हाफमा युभेन्टस ३-० ले अगाडि रह्यो। दोस्रो हाफमा रोमाले आत्मघाती गोल उपहारमा पाएको थियो। युभेन्टसका बफोनले आत्मघाती गोल गरेपछि रोमाको १ गोल भयो।

युभेन्टसले सेमिफाइनलमा एसी मिलान या टोरिनोसँग खेल्नेछ।

रोनाल्डोले गोल गरेसँगै १५ वटा फरक क्लब कम्पिटिसनमा गोल गर्ने खेलाडी बनेका छन्। सन् २०२० मा यो उनको सातौं गोल हो। ३४ वर्षे रोनाल्डोले पछिल्ला १० खेलमा १३ गोल गरेका छन्। कोपा इटालियामा यो उनको पहिलो गोल हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell