PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ग्रिजम्यानको दोहोरो गोलमा बार्सिलोनाको जित



पहिलोपोस्ट

ग्रिजम्यानको दोहोरो गोलमा बार्सिलोनाको जित

कोपा डेल रे अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले इबिजामाथि जित निकालेको छ। म्युनिसिपाल डि क्यान मिस स्टेडियममा भएको खेलका बार्सिलोनाले इबिजालाई २-१ को गोल अन्तरले हराएको हो।

खेलको ९ मिनेटमै पेप क्याबेलेले गोल गर्दै इबिलाई शुरुवाती अग्रता दिलाएका थिए। उनको गोलसँगै बार्सिलोना पहिलो हाफमा १ गोलले पछाडि रह्यो।

दोस्रो हाफमा भने इबिजाले अग्रता जोगाइरहन सकेन। खेलको ७२ औं मिनेटमा गोल गर्दै एन्टोनी ग्रिजम्यानले गोल बराबरीमा ल्याए। फेरि पनि इन्ज्युरी समयमा बार्सिलोनाले गोल थप्यो। दोस्रो गोल पनि ग्रिजम्यानले नै गरे।

३० पटकको कोपा डेल रे को विजेता भइसकेको बार्सिलोनाले लियोनल मेस्सी र जेरार्ड पिकेलाई उक्त खेलमा रेस्ट दिएको थियो। कोपा डेल रे को पछिल्ला ५ सिजन मध्ये ४ सिजन बार्सिलोनाले उपाधि जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell