PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

शहीद स्मारक लिगमा आज दुई खेल : पहिलो खेलमा थ्री स्टार र हिमालयन शेर्पा भिड्ने



पहिलोपोस्ट

शहीद स्मारक लिगमा आज दुई खेल : पहिलो खेलमा थ्री स्टार र हिमालयन शेर्पा भिड्ने

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा अंक तालिकको पाचौं स्थानमा रहेको थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ। आज मध्यान्ह १२ बजे शुरु हुने खेलमा थ्री स्टार क्लब शेर्पा क्लबमाथि जित निकाल्दै तालिकाको तेस्रो स्थानमा उक्लने दाउमा हुनेछ।

७ खेल खेलेको थ्री स्टार क्लबले ३ जित २ हार र २ बराबरी खेल्दै ११ अंक जोडेको छ। आजको खेलमा जित निकाल्न सकेको खण्डमा थ्री स्टार तेस्रो स्थानमा उक्लने छ। थ्री स्टार भन्दा अगाडि शीर्ष दुई मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबको १६ अंक छ भने तेस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबको १३ अंक र एनआरटीको ११ अंक छ।

अर्कोतर्फ पछिल्लो खेलमा हेवि वेट मछिन्द्र क्लबलाई २-० ले हराएको हिमालयन शेर्पाक्लब फेरि पनि त्यस्तै नतिजाको पर्खाइमा छ। शेर्पाले ७ खेल खेलेर १ जित ४ बराबरी र २ हार ब्यहोर्दै ७ अंक जोडेर तालिकाको ११ औं स्थानमा छ। आजको खेल जितेको खण्डमा शेर्पा क्लब तालिकाको सातौं स्थानमा उक्लने छ।

दोस्रो खेलमा एपिएफलाई जावलाखेलको चुनौती

आजै हुने दोस्रो खेलमा विभागिय टोली एपिएफले जावलखेल युथ क्लबको सामना गर्नेछ। तर, यी दुई टिमलाई आजको खेलले फरक अर्थ राख्छ। एपिएफका लागि आजको खेल रेलिगेसन जोनबाट माथि उठ्ने अवसर हुन सक्छ भने जावलाखेलका लागि शीर्ष ४ मा पुग्ने अवसर।

जारी सिजन ७ खेल खेलेर १ जित २ बराबरी र ४ हार ब्यहोरेको एपिएफ ५ अंकसहित अंकतालिकाको १३ औं स्थानमा छ। आजको खेलमा जित निकालेको खण्डमा उसको नवौं स्थानसम्म उक्लने सम्भावना रहन्छ। अर्थात रेलिगेसनको डरबाट राहत मिल्नेछ।

अर्कोतर्फ ७ खेलमा २ जित ३ बराबरी र २ हार ब्यहोर्दै ९ अंक जोडेको जावलाखेल आजको खेलमा जित निकाल्दै शीर्ष टिमहरुसँग अंकदुरी घटाउन चाहन्छ। आजको जितले उसलाई तालिकाको चौथो स्थानमा पुर्‍याउन सक्छ। यसो भएको खण्डमा जावलाखेल शीर्षस्थानको त्रिभुवन आर्मी क्लब भन्दा ४ अंकले मात्र पछाडि रहने छ।

एपिएफ र जावलाखेलबीचको खेल आज दिउसो ३ बजे शुरु हुनेछ।

आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell