PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

राष्ट्रिय सभा निर्वाचन आज, १८ सदस्यका लागि ४५ चुनावी मैदानमा



पहिलोपोस्ट

राष्ट्रिय सभा निर्वाचन आज, १८ सदस्यका लागि ४५ चुनावी मैदानमा

काठमाडौँ: राष्ट्रिय सभाको रिक्त हुन लागेको १८ सदस्य पदका लागि आज निर्वाचन हुँदैछ। निर्वाचन आयोगले मतदानका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकेको छ।

राष्ट्रिय सभा निर्वाचनका मतदाता प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख हुन्। स्थानीय तहमा १५०६ तथा प्रदेश सभामा ५५० गरी कूल २०५६ मतदाता रहेको आयोगले जनाएको छ।

निर्वाचनमा प्रदेश सभासदस्यको मतभार ४८ र स्थानीय तहको मतभार १८ रहेको छ।

१८ पदका लागि ४५ जना उम्मेद्वार चुनावी मैदानमा छन्।

आयोगले प्रदेश १ को निर्वाचनका लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा मतदान स्थल तोकेको छ। १ नम्बर प्रदेशमा प्रदेश सभा र स्थानीय तह गरी ३६७ मतदाता छन्।

उता, प्रदेश २ को मतदान जनकपुर महानगरपालिकाको महेन्द्रनारायण निधि स्मृति भवनमा हुनेछ। त्यहाँ ३७९ मतदाता रहेका छन्।

बागमती प्रदेशमा ३४८ जना मतदाता छन्। बागमती प्रदेशको मतदान ललितपुर महानगरपालिका ४ को भवनमा हुनेछ।

गण्डकी  प्रदेशमा २३० मतदाता छन्। यो प्रदेशको मतदान जिल्ला निर्वाचन कार्यालय कास्कीको भवनमा हुने निर्वाचन आयोगले जनाएको छ।

३०५ मतदाता रहेको प्रदेश ५ को मतदान घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रमा हुनेछ। उता, १९८ मतदाता रहेको कर्णाली प्रदेशको मतदान सुर्खेतको जिल्ला निर्वाचन कार्यलयमा हुनेछ।

२२९ जना मतदाता रहेको सुदूरपश्चिम प्रदेशको मतदान सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माविको भवन हुने आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell