PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

धोबी खोलाको किनारमा कपडाको पोकोमा भेटियो शिशुको शव



पहिलोपोस्ट

धोबी खोलाको किनारमा कपडाको पोकोमा भेटियो शिशुको शव

काठमाडौं : चाबहिलस्थित धोविखोलाको किनारमा नवजात शिशुको शव फेला परेको छ।

बिहीवार बिहान प्रहरीले खोलाको किनारमा फ्याँकेको अवस्थामा शव फेला पारेको हो। करिव ७ महिनाको शिशुको शव फेला परेको महानगरीय प्रहरी वृत गौशलाका डिएसपी प्रदिपकुमार सिंहले जानकारी दिए।

कपडा र कागजमा पोको पारेर फ्यालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो। 'हामीलाई जानकारी आएपछि घटनास्थल पुग्दा पोको पारेर फ्याँलिएको अवस्थामा भेटाएका हौं,' डिएसपी सिंहले भने।

घटनाको थप अनुसन्धान भइहरेको प्रहरीले जानकारी दिएको छ। शवलाई पोस्टमार्टको लागि अस्पताल पठाइसकेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell