PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा मतदान जारी



पी बी खड्का

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा मतदान जारी

सुर्खेत : कर्णाली प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन जारी छ। कर्णाली प्रदेशमा पनि विहान करिव ११ बजेदेखि सुरु भएको निर्वाचनमा मतदान गर्ने क्रम जारी छ। जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा भइरहेको मतदानमा पहिलो मत प्रदेशसभा सदस्य गोपाल शर्माले खसालेका थिए।

त्यस्तै, कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि मतदान गरिसकेका छन्। कर्णालीका मन्त्री, प्रदेशसभा सदस्यलगाएत स्थानीय तहका जनप्रतिनिधि मतदान गरिरहेका छन्।

निर्वाचन लागि कर्णालीमा १ सय ९८ मतदाता रहेका छन्। प्रदेशका ७९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ५८ र ४० जना प्रदेशसभा रहेका छन्।

स्थानीय तहमा कांग्रेस प्रमुख र उपप्रमुख गरी ४० जना र ६ जना प्रदेश सभा सदस्य गरी ४६ जना मतदाता रहेका छन्। त्यस्तै स्थानीय तहमा नेकपाका प्रमुख, उपप्रमुख गरी १ सय १० र ३३ जना प्रदेश सभा सदस्य गरी कुल १ सय ४३ जना मतदाता रहेका छन्।

त्यस्तै, स्थानीय तहको उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र प्रदेश सभामा १ गरी ३ जना मतदाता रहेका छन्। कर्णालीमा ६ जना मतदाता स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट विजयी भएका मतदाता रहेका छन्।

निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन्। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका मतदाताको मतभार १८ निर्धारित रहेको छ।

कर्णालीबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने जाजरकोटका कालिबहादुर मल्ल र हुम्लाका यूटोन तामाङ्को कार्यकाल सकिने भएपछि उक्त निर्वाचन भएको हो।

कर्णालीमा दुई पदका लागि चार जना चुनावी मैदानमा  छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मायाप्रसाद शर्मा र सुमित्रा बिसी चुनावी मैदानमा छन् भने, नेपाली कांग्रेसबाट डिल्लीराज पाठक र गणेश कुमारी बस्नेत रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell