PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

आरबिबी एनभिए राष्ट्रिय भलिबल : न्यु डाइमन्ड र एपिएफ फाइनलमा



पहिलोपोस्ट

आरबिबी एनभिए राष्ट्रिय भलिबल : न्यु डाइमन्ड र एपिएफ फाइनलमा

काठमाडौं : आरबिबी एनभिए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गतको महिलातर्फ न्यु डाइमन्ड र एपिएफ क्लब फाइनलमा पुगेका छन्। आज भएको सेमिफाइनलका खेलमा एपिएफले नेपाल पुलिसलाई तथा न्यु डाइमन्डले त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलको यात्रा तय गरेका हुन्।

फाइनल पुग्न एपिएफले नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हरायो। विभागिय डर्बीमा एपिएफले २५-१५,२५-१६ र २५-२२ ले खेल आफ्नो पक्षमा पार्दै फाइनलको यात्रा तय गर्‍यो।

अर्कोतर्फ न्यू डाइमन्डले पनि आर्मीलाई सोझो सेटमै पाखा लगायो। न्यू डाइमन्डले २५-१५, २५-२२ र २५-१३ को सेटमा जित हात पार्दै फाइनलको यात्रा तय गरेको हो।

प्रतियोगिताका विजेताले दुई लाख रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँ तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले २५ हजार रुपैयाँ, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell