PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

राम्रो काम गर्नेलाई पुरस्कार, भ्रष्टलाई कडा कारबाही : सशस्त्र आइजिपी खनाल



पहिलोपोस्ट

राम्रो काम गर्नेलाई पुरस्कार, भ्रष्टलाई कडा कारबाही : सशस्त्र आइजिपी खनाल
१९ औँ सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल (एपिएफ)का प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनाल।

काठमाडौं : सशस्त्र प्रहरी बल (एपिएफ)का प्रमुख आइजिपी शैलेन्द्र खनालले संगठनमा नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताएका छन्।

१९ औँ सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा आइजिपी खनालले यस्तो बताएका हुन्। संगठनमा राम्रा काम गर्नेलाई उचित पुरस्कार दिने बताउँदै खनालले भ्रष्ट आचरणका कर्मचारीलाई कडा भन्दा कडा कारबाही गरिने नीति अनुरुप सबैलाई जिम्मेवार र जवाफदेही बन्न निर्देशन समेत दिए।

आइजिपी खनालले संगठनको मूल्य, मान्यता र आचरणविरुद्धको काम गर्ने १२ सय ९७ जना कर्मचारीलाई कारबाही गरिसकेको समेत जानकारी दिए।

आफ्नो कार्यकालमा संगठनभित्र राम्रो काम गर्ने ५ सय २१ जना कर्मचारीहरुलाई पुरस्कृत पनि गरिएको उनले बताए। खनालले राम्रा कामहरु गर्दा आइपर्ने कठिनाईहरुको जवाफदेहिता लिन संगठन प्रमुखको हैसियतले आफू सधैँ तयार रहेको बताए।

स्थापना दिवसका अवसरमा संगठनभित्र उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell