PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

राष्ट्रिय सभा निर्वाचन : मतदान जारी, ९५ प्रतिशत मत खस्यो



पहिलोपोस्ट

राष्ट्रिय सभा निर्वाचन : मतदान जारी, ९५ प्रतिशत मत खस्यो
राष्ट्रिय सभा निर्वाचनका क्रममा बिहीवार मतदान गर्दै।

काठमाडौं : राष्ट्रिय सभा सदस्यको रिक्त १८ पदका लागि सातै प्रदेशमा निर्वाचन भइरहेको छ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार हालसम्म सातै प्रदेशमा गरी ९५ प्रतिशत मत खको छ। मतदानका लागि  बिहान १० वजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ।

निर्वाचनमा ५५० प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुख एक हजार ५०६ गरी कूल दुई हजार ५६ मतदाता छन्। निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेद्वार प्रतिस्पर्धामा छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ रहेको छ।

राष्ट्रिय सभाका १९ जनाको पदावधी फागुन २० गतेबाट सकिँदैछ। जसमध्ये एक जना राष्ट्रपतिले मनोनित गर्नेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell