PahiloPost

Feb 5, 2025 | २३ माघ २०८१

सरकारले साझा यातायातलाई दिएको ३ अर्ब व्याजसहित माग्यो फिर्ता



पहिलोपोस्ट

सरकारले साझा यातायातलाई दिएको ३ अर्ब व्याजसहित माग्यो फिर्ता
बिहीवार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गोकुल बास्कोटा।

काठमाडौं : सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदका लागि दिएको ३ अर्ब व्याजसहित फिर्ता गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को माघ ६ गते बसेको बैठकले विद्युतीय बस सञ्चालनका लागि दिइएको उक्त रकम व्याजसहित फिर्ता माग्ने निर्णय गरेको हो।

बिहीवार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटाले निर्धारित समयमा बस सञ्चालन गर्न नसेकाले सरकारले लगानी फिर्ता गर्ने निर्णय गरेको जानकारी दिए।

साझा यातायतलाई ३०० वटा नयाँ विद्युतीय बस खरिद गरी सञ्चालनका लागि सरकारले ३ अर्ब सेयर लगानी गरेको थियो। सेयर लगानी गरेको मितिदेखि हालसम्मको व्याजसहित फिर्ता गर्न निर्णय भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell