PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा सत प्रतिशत मत खस्यो



पहिलोपोस्ट

राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा सत प्रतिशत मत खस्यो
राष्ट्रिय सभाको निर्वाचनअन्तर्गत जनकपुरधामको महेन्द्र नारायण निधि साँस्कृतिक प्रतिष्ठान भवनमा मतदान गर्दै मतदाता।

जनकपुरधाम : प्रदेश २ मा ४ वटा सिटको लागि भएको  राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत प्रतिशत मत खसेको छ।

जनकपुरधामको महेन्द्र नारायण निधि साँस्कृतिक प्रतिष्ठान भवनमा भएको मतदानमा सत प्रतिशत मत खसेको निर्वाचन अधिकृत राजु खतिवडाले जानकारी दिए। बिहान करिब १०:३० बजे शुरु भएको मतदानमा प्रदेश २ का मुख्यमन्त्री मो लालबाबु राउत गद्दिले पहिलो मतदाताका रुपमा मतदान गरेका थिए।

निर्वाचन अन्तर्गत नगर प्रमुख र उपप्रमुख गरी २ सय ७२ जना र १ सय ७ प्रदेश सभा सदस्य गरी जम्मा ३ सय ७९ जनाले मतदान गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell