PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रदेश सांसद दीपक मनाङ्गे पक्राउ



पहिलोपोस्ट

प्रदेश सांसद दीपक मनाङ्गे पक्राउ

काठमाडौं : गण्डकी प्रदेशका सांसद राजीव गुरुङ भनिने दीपक मनाङ्गे पक्राउ परेका छन्। अखिल नेपाल फुटबल संघ एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा उनी आज पक्राउ परेका हुन्।

प्रहरीले उनलाई होटल प्याराडाइज गौरीघाटबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको कास्कीका एसपी दानबहादुर कार्कीले बताए।

पोखरामा जारी मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा असन्तुष्टि मनाङ्गेले गुरुङमाथि हातपात गरेका थिए।

खेलाडीलाई व्यवस्थापन नगरेको भन्दै मनाङेले मंगलवार मुख्यमन्त्रीकपको उद्घाटन समारोहमा गुरुङमाथि हातपात गरेका थिए। गुरुङले प्रहरीमा उजुरी दिएपछि मनाङ्गेले पत्रकार सम्मेलन गर्दै खेल व्यवस्थापन गर्न नसक्नेको कुनै काम नरहेको आरोप लगाएका थिए।

तत्कालीन नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारका रुपमा मनाङको प्रदेश सभा 'ख'बाट जित हासिल गरेका उनी पटक पटक जेलपरिसकेका व्यक्ति हुन्। कुनै बेला चर्चित 'डन'का रुपमा उनको पहिचान थियो। चुनाव जितेपछि पुरानो मुद्दाका कारण लामो समय सपथग्रहण समेत नभएको उनलाई नेकपाले पार्टी प्रवेश गराउँदै प्रदेश सांसदको सपथ खुवाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell