PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा २ सय २७ जनाले गरे मतदान, २ जना अनुपस्थित



एम बम

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा २ सय २७ जनाले गरे मतदान, २ जना अनुपस्थित

कैलाली : सुदूरपश्चिम प्रदेशको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा २ सय २७ जनाले मतदान गरेका छन्। ५३ प्रदेश सभाका र १ सय ७६ स्थानीय तहका गरी सुदूरपश्चिममा कुल २ सय २९ मतदाता रहेका थिए। जसमध्येबाट २ जना महिला मतदाता अनुपस्थित रहे।

‘सुदूरपश्चिम प्रदेश सभाका ५३ मध्य ५२ र स्थानीयका १ सय ७६ मध्य १ सय ७५ जनाले मतदान गरेका छन्’,  मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले भने, ‘केहीबेरमा मतगणनाको तयारी गरेर सम्भवतः आजै मतपरिणाम आउने छ।’

मतदानमा अनुपस्थित रहनेमा प्रदेश सभा सदस्य मना साउद र बझाङको साइपाल गाउँपालिकाका उपाध्यक्ष कल्पना देवी बोहरा रहेका छन्। दुवै जना गर्भवती रहेका कारण मतदानका लागि डोटी पुग्न नसकेको बताइएको छ।

साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले उपाध्यक्ष गर्भवती भएकाले गाडीमा आउन/जान समस्या हुने जानकारी आफूलाई दिएको बताए।

सुदूरपश्चिममा एक महिला र एक अन्य गरी दुई जनाका लागी राष्ट्रिय सभा सदस्य निर्वाचन भएको हो। जसमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट तारमान स्वार र शारदा भट्ट, नेपाली कांग्रेसका तर्फबाट तुलसीदेवी देवकोटा र प्रताप सिंह ठगुन्ना उम्मेद्वार रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell