PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा १९५ मत खस्यो, तीन जना अनुपस्थित



पी बी खड्का

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा १९५ मत खस्यो, तीन जना अनुपस्थित

सुर्खेत : कर्णाली प्रदेशमा भएको राष्ट्रिय सभाको निर्वाचनमा कूल १९८ मत मध्ये १९५ मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा भएको मतदानमा ४० प्रदेशसभा सदस्य सबै र स्थानीय पालिकाको जम्मा १५८ मध्ये १५५ मत खसेको हो।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिका, हुम्लाको नाम्खा गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिको एक/एक जना मतदानमा अनुपस्थित भएका हुन्।

निर्वाचन लागि कर्णालीमा १ सय ९८ मतदाता थिए। जसमा प्रदेशका ७९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ५८ र ४० जना प्रदेश सभा सदस्य रहेका छन्।

स्थानीय तहमा कांग्रेसका प्रमुख र उपप्रमुख गरी ४० जना र ६ जना प्रदेश सभा सदस्य गरी ४६ जना मतदाता रहेका छन् । त्यस्तै नेकपाका प्रमुख/उपप्रमुख गरी १ सय १० र ३३ जना प्रदेश सभा सदस्य गरी कुल १ सय ४३ जना मतदाता रहेका छन्।

त्यस्तै, स्थानीय तहको उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र प्रदेश सभामा १ गरी ३ जना मतदाता रहेका छन्। कर्णालीमा ६ जना मतदाता स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट विजयी भएका मतदाता रहेका छन्।

निर्वाचनमा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले मतदान गरेका छन्। प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका मतदाताको मतभार १८ निर्धारित छ।

कर्णालीबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने जाजरकोटका कालिबहादुर मल्ल र हुम्लाका यूटोन तामाङको कार्यकाल सकिदैँछ।

कर्णालीमा दुई पदका लागि चार जना चुनावी मैदानमा  छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट मायाप्रसाद शर्मा र सुमित्रा बिसी चुनावी मैदानमा छन् भने नेपाली कांग्रेसबाट डिल्लीराज पाठक र गणेश कुमारी बस्नेत रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell