PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

जेल चलानको सूचना चुहिए लगत्तै सिद्ध बाबा भारततिर फरार!



पहिलोपोस्ट

जेल चलानको सूचना चुहिए लगत्तै सिद्ध बाबा भारततिर फरार!

विराटनगर: आफ्नै अनुयायीमाथि बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका ‘सिद्ध बाबा कृष्णदास’ भनिने कृष्णबहादुर गिरीलाई जेल चलान गर्न अदालतले आदेश दिएको छ। उच्च अदालत विराटनगरका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको इजलासले बिहीवार गिरीलाई जेल चलानको लागि आदेश दिएको हो।

तर उच्च अदालत विराटनगरमा जबर्जस्ती करणीअन्तर्गत थुनछेकको सुनवाइ चलिरहेका बेला उनी प्रहरी हवल्दार तहका आफ्ना सुरक्षागार्ड मुकेश शाहलाई नेपालमै छाडेर भारत गएका छन्।

प्रहरी स्रोतका अनुसार अभियुक्त गिरी मध्याह्न १२:३० बजे विराटनगरबाट जोगबनी गएका थिए। उनी विराटनगरबाट जोगबनीसम्म आफैँले चढ्दै आएको ग १ च ८१५७ नम्बरको गाडी चढेर गएका हुन्। जोगबनीको मध्य बजार पुगेपछि नेपाली नम्बरको आफ्नो गाडी छाडेर भारतीय नम्बर प्लेट भएको गाडी चढेर हुइँकिएको प्रहरी स्रोतको दावी छ।

जबर्जस्ती करणीको जाहेरी परेपछि उनी मंसिर १२ गते विराट नर्सिङ होममा भर्ना भएका थिए। त्यहाँ उनी ३८ दिन बसे। सुनसरी जिल्ला अदालतले उनलाई ३ लाख धरौटीमा रिहा गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell