PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

राष्ट्रिय सभा निर्वाचन : गण्डकीबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी



विष्णु गौतम

राष्ट्रिय सभा निर्वाचन : गण्डकीबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी

पोखरा : गण्डकी प्रदेशबाट राष्ट्रिय सभाका दुई पदमा नेकपाका उम्मेद्वार विजयी भएका छन्।

आज सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार अन्यतर्फ नेकपाका नारायणकाजी श्रेष्ठ ३ हजार ४ सय ६२ मतभार सहित विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४० मतभार ल्याए। श्रेष्ठ १ हजार २ सय १८ मतान्तरसहित विजयी भएका हुन्।

त्यस्तै महिलातर्फ पनि नेकपाकै भगवती न्यौपानेले १ हजार २० मतान्तरसहित कांग्रेसकी विमला गौचनलाई पराजित गरिन्। न्यौपानेले ३ हजार ३ सय ६६ मतभार ल्याउँदा गौचनले २ हजार ३ सय ४० मतभार ल्याइन्।

अन्य पदमा उम्मेद्वारी दिएका राष्ट्रिय जनमोर्चाका शंकर प्रसाद बरालले १९८ मतभार ल्याए।

यस प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित कांग्रेसका सुरेन्द्रराज पाण्डे र बृन्दादेवी आलेको दुई वर्षे कार्यकाल सकिएपछि आज उक्त पदका लागि निर्वाचन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell