PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

वीरगंजमा शुरु भयो जुत्ताचप्पल व्यापार मेला



राधेश्याम पटेल

वीरगंजमा शुरु भयो जुत्ताचप्पल व्यापार मेला

वीरगंज : वीरगंजमा एक महिना चल्ने प्रदेशस्तरीय जुत्ताचप्पल व्यापार मेला शुरु भएको छ। माघ ९ देखि फागुन ८ सम्म चल्ने मेलामा नेपाल भारतका करिब २ लाख ग्राहक तथा उपभोक्ताले अवलोकन गर्ने लक्ष्य लिइएको छ।

मेलाको उद्घाटन वीरगंजका मेयर विजयकुमार सरावगीले गरे। मेलाको उद्घाटन गरेपछि मेयर सरावगीले यस्तो मेलाले स्वदेशी उत्पादनको प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। सरककारले स्वदेशी उत्पादनलाई विश्वको बजारमा पुर्‍याउन भ्याट शुल्क निःशुल्क गर्नु पर्ने सुझाव दिए। उनले भ्याटको सुविधा दिएपछि स्वदेशी उत्पादनको लागत खर्च कम भई विश्वस्तरमा नेपाली ब्रान्डले प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गरे।

मेलामा एक लाख जोडी जुत्ताचप्पल बिक्री गर्ने लक्ष्य राखिएको मेला आयोजक समितिले जनाएको छ। वीरगंज घण्टाघरस्थित मधेसी शहीद पार्कमा लाग्ने मेलामा ७ वटा विभिन्न कम्पनीको १ हजार भन्दा बढि ब्रान्डका समान बिक्री भइरहेका छन्।

मेलामा स्वदेशी ७ वटा कम्पनीको विभिन्न ब्रान्डका जुत्ताचप्पल सस्तो शुलभ दाममा बिक्री गर्ने लक्ष्य रहेको आयोजक मध्येका नेपाली जुत्ताघर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले बताए। बिएफ डियर हिलका प्रबन्ध निर्देशक उपाध्यायका अनुसार नेपालमा १ हजार ५ सय भन्दा बढि उद्योगको लगानी जोखिममा रहेकोले सरकारले नेपाली सेना, प्रहरी, निमामति कर्मचारी, शिक्षक लगायत पेशामा स्वदेशी उत्पादन मात्र प्रयोग गर्नु पर्ने नियम लागू गर्नु पर्ने आवश्यकता रहेको बताए। यसले स्वदेशी उत्पादनलाई संरक्षण र प्रवर्द्धन गर्नमा सहयोग पुग्ने उनको विश्वास छ। साथै उनले स्वेदशी उत्पादनले आयात गर्ने कच्चा पदार्थमा पनि भन्सार सुविधा दिन सरकारसँग माग गरे।

मेलामा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको मेला आयोजक समितिले जनाएको छ। मेलामा शिखर, रन, बिएफ डियर हिल, सुज ल्यान्ड, कोसेली, क्रस रोल, हिल गरी कुल ७ स्वदेशी कम्पनीको उत्पादन बिक्री भइरहेको छ।

विभिन्न कुनाकाप्चाका उपभोक्ताहरुलाई सस्तो दाममा फुटवेयर अर्थात जुत्ता चप्पल बिक्री गरी स्वदेशी उद्योगलाई प्रवर्द्धन र संरक्षण गर्ने मेलाको उद्देश्य रहेको मेला सञ्चलक समितिका रुद्र न्यौपानेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell