PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

‘रोबोट’को सहायताले पूर्वराष्ट्रपति यादवले गरे ‘क्यान इन्फोटेक मेला’को उद्घाटन



राधेश्याम पटेल

‘रोबोट’को सहायताले पूर्वराष्ट्रपति यादवले गरे ‘क्यान इन्फोटेक मेला’को उद्घाटन
वीरगंजमा शुरु भएको पाँच दिने प्रदेशस्तरीय ‘क्यान इन्फोटेक मेला’को उद्घाटन गर्दै पूर्वराष्ट्रपति डा रामवरण यादव।

वीरगंज : पूर्वराष्ट्रपति डा रामवरण यादवले वीरगंजमा पाँच दिने प्रदेशस्तरीय ‘क्यान इन्फोटेक मेला’को उद्घाटन गरेका छन्। पूर्वराष्ट्रपति डा यादवले ‘रोबोट’को सहायताले रिबन काटेर मेलाको उद्घाटन गरेका हुन्।

पूर्वराष्ट्रपति यादवले सूचना प्रविधिको विकासले नै राष्ट्र विकसित र नेपाली समाज समृद्ध हुन सक्ने धारणा व्यक्त गरे। उनले सूचना प्रविधिमा विकास गरेका मुलुकले समृद्धिको फड्को मारेका चर्चा गर्दै आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटनलगायत क्षेत्रमा सूचना प्राविधिको उच्च प्रयोग गर्ने माहोल सरकारले सिर्जना गर्नु पर्ने उल्लेख गरे। विद्यालयस्तरबाट सूचना प्रविधिबारे छात्रछात्रालाई ज्ञान दिँदै भोलिको भविष्यको रुप रेखा पनि तयार पार्न उनले सुझाव दिए।

वीरगंजको नगर सभागृहमा आयोजना भएको कार्यक्रममा क्यान नेपालका केन्द्रीय अध्यक्ष नवराज कुँवरले नेपाल सरकारको नारा सुखी नेपाली, समृद्ध नेपाल अभियान सूचना प्रविधिको प्रयोग बिना सफल हुन नसक्ने विचार राखे। उनले कम समयमा उचित प्रविधिको उपयोग गरी नेपाललाई समृद्धि र विकासको बाटोमा डोर्‍याउनु पर्ने सुझाव दिए।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले जसरी गुगल, फेसबुक, ह्वाट्सएप र युट्युबले विश्वमा सूचना प्रविधिको क्षेत्रमा क्रान्ति गरेका छन्, त्यसरी नै नेपाली विद्यार्थीहरुले नयाँ सफ्टवेयर आविस्कार गरी विश्वलाई नयाँ कुरा दिनु पर्ने धारणा राखे। आजको युग सूचना प्राविधिको युग भएकोले नेपाललाई पनि सूचना प्राविधिमैत्री समाज निर्माणमा यहाँका वैज्ञानिक तथा प्राविधिकहरुको सहयोगको आवश्यकता रहेको बताए।

मेलामा ६० भन्दा बढि स्टल रहने भने १५ भन्दा बढि कम्पनीको सहभागिता रहने जनाइएको छ। मेलामा रोबोटिक प्रतियोगिता हुने र विभिन्न तालिम सेमिनारको माध्यमले सूचना प्राविधिको क्षेत्रका बारेमा जनचेतना जगाइने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell