PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

राष्ट्रिय सभा निर्वाचन : प्रदेश नम्बर १ का तीन वटै सिटमा नेकपा विजयी



रासस

राष्ट्रिय सभा निर्वाचन : प्रदेश नम्बर १ का तीन वटै सिटमा नेकपा विजयी

विराटनगर : प्रदेश नम्बर १ बाट राष्ट्रिय सभाअन्तर्गत तीन पदका लागि आज भएकोे निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तीनै उम्मेद्वार विजयी भएको छ।

महिलातर्फ इन्दिरा गौतमले ६ हजार ४ सय २६, दलिततर्फ गोपी आछामीले ६ हजार ३ सय ३० र अन्यतर्फ देवेन्द्र दाहालले ६ हजार २ सय ३४ मतभार ल्याई विजयी भएका जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिए।
    
उक्त निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट महिलामा मीना पुलामीले २ हजार ६ सय २२, दलितमा नीरबहादुर विश्वकर्माले २ हजार ७ सय १८ र अन्यमा राजेन्द्र घिमिरेले २ हजार ७६६ मतभार प्राप्त गरे। यसैगरी संघीय समाजवादी पार्टीका तर्फबाट महिलामा कमला बढहीले २६४, दलितमा ज्ञानकुमार परियारले २६४ र अन्यमा भरत दाहालले २६४ मतभारत प्राप्त गरे।

प्रदेश सभा सदस्य ९३ मध्ये ९२ तथा स्थानीय निकायका २७४ मध्ये २७२ सदस्यले मतदान गरेका निर्वाचन अधिकृत अधिकारीले बताए। प्रदेश सभा सदस्यले ९९ प्रतिशत तथा स्थानीय निकायतर्फ ९८ प्रतिशतले मतदान गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell