PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

बुनिलालकी पत्नी फुलपतिलाई १० लाखको बिमा रकम हस्तान्तरण



राधेश्याम पटेल

बुनिलालकी पत्नी फुलपतिलाई १० लाखको बिमा रकम हस्तान्तरण

वीरगंज : वीरगंज महानगरपालिकाका अग्नि नियन्त्रक बुनिलाल चौरसियाकी पत्नी फुलपति देवीलाई १० लाख रुपैयाँको बिमा दावी रकम हस्तान्तरण गरिएको छ। वीरगंज महानगरको सभाहलमा आयोजित कार्यक्रममा वीरगंजका मेयर विजयकुमार सरावगीले प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल प्रालिको तर्फबाट उक्त दावी रकमको चेक हस्तान्तरण गरे।

असोज ७ गते अग्नि नियन्त्रक बुनिलालको हत्या भएको थियो। महानगरले अग्नि नियन्त्रकको जीवनबिमा गरेको अवस्थामा प्रिमियर इन्स्योरेन्स प्रालिका पदाधिकारीहरुको रोहबरमा उक्त चेक हस्तान्तरण गरेको थियो।

वीरगंजका मेयर सरावगीले आजको समयमा बिमा एक प्रकारको बचत गर्ने सुविधासँगै भवितव्यमा आई पर्ने समयमा सहयोग पुग्ने कुरा भएकोले हरेक जनधनको बिमा गर्न सर्वसाधारणलाई सुझाव दिए।

कार्यक्रममा प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विश्वराज तिम्ला, नायब महाप्रबन्धक दिपेन्द्रराज गौतम, प्रदेश २ का प्रादेशिक प्रबन्धक विज्ञान विक्रम शाह र क्षेत्रीय अधिकृत शशि विचित्रलगायतको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell