PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ए डिभिजन लिगमा दुई खेल : अपराजित मनाङलाई जितविहीन सरस्वतीको चुनौती



पहिलोपोस्ट

ए डिभिजन लिगमा दुई खेल : अपराजित मनाङलाई जितविहीन सरस्वतीको चुनौती

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा सरस्वती युथ क्लबले मनाङ मर्स्याङदीसँग खेल्दैछ। अंकतालिकाको पुछारमा रहेको सरस्वती पहिलो जितको खोजीमा छ भने मनाङ शीर्ष स्थानको होडमा छ।

उपाधि दावेदार मनाङ आजको खेलमा जित निकालेको खण्डमा शीर्ष स्थानका त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबसँग अंक बराबरी गर्नेछ। त्रिभुवन आर्मी क्लब र मछिन्द्रको १६ अंक अंक छ। यद्यपि त्रिभुवन आर्मी क्लबले आठौं चरणको एक खेल खेल्न बाँकी नै छ।

त्यस्तै, अंक तालिकाको अन्तिममा रहेको सरस्वती युथ क्लब पहिलो जित निकाल्ने दाउमा हुने छ।

खेल आज दिउँसो १२ बजे शुरु हुनेछ।

अर्कोतर्फ आजै हुने दोस्रो खेलमा च्यासल युथ क्लब र ब्रिगेड बोइज क्लब प्रतिस्पर्धामा हुने छन्। तालिकाको नवौं स्थानमा रहेको ब्रिगेड आजको खेलबाट तेस्रो जित निकाल्ने दाउमा हुने छ भने च्यासल दोस्रो जितका लागि प्रतिस्पर्धा गर्ने छ।

 च्यासलले आज जित निकालेको खण्डमा आठौं स्थानसम्म उक्लिन सक्छ। त्यस्तै ब्रिगेड ब्वाइजले जित निकाले छैटौं स्थानसम्म पुग्न सक्छ। खेल दिउँसो ३ बजे शुरुहुने छ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell