PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एनभिए राष्ट्रिय क्लब च्याम्पियनसिप फाइनल : महिलातर्फ एपिएफ र न्यू डायमन्ड, पुरुषतर्फ एपिएफ र हेल्प नेपाल



पहिलोपोस्ट

एनभिए राष्ट्रिय क्लब च्याम्पियनसिप फाइनल : महिलातर्फ एपिएफ र न्यू डायमन्ड, पुरुषतर्फ एपिएफ र हेल्प नेपाल

काठमाडौं : नेपाल भलिबल संघको आयोजनामा भएको पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को आज फाइनल खेलहरु हुँदैछन्। च्याम्पियनसिपमा पुरुषतर्फ सशस्त्र प्रहरी (एपिएफ) र हेल्प नेपाल भिड्ने छन्। त्यस्तै महिलातर्फ एपिएफ र न्यू डायमन्ड आमनेसामने हुनेछन्।

महिलातर्फ बिहिबार सम्पन्न भएको सेमिफाइनल खेलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–१५, २५–१६, २५–२२ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। न्यू डायमन्ड स्पोर्टस् क्लबले सेनाको टिएसीलाई ३–० ले पराजित गरेको थियो। डायमन्डले त्रिभुवन आर्मी क्लवमाथि २५–१५, २५–२२, २५–१३ को जित निकालेको थियो।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषतर्फ एपिएफले सेमिफाइनलमा आर्मी क्लबलाई हराउँदै फाइनलको यात्र तय गरेको थियो। अघिल्लो संस्करणको विजेता आर्मीलाई २५–२२, २५–२२, २६–२४ को सेटमा पराजित गर्दै एपिएफ फाइनल प्रवेश गरेको हो। आज एपिएफले उपाधीका लागि हेल्प नेपाल स्पोर्टस् क्लबसंग प्रतिस्पर्धा गर्ने छ।

तीन भारतीय खेलाडी र भारतीय सेनाका नेपाली खेलाडीहरु सम्मिलित हेल्प नेपालले नेपाल पुलिस क्लबलाई २५–२१, २५–१६, २५–१५ ले पराजित गर्दै एपिएफ संगको भेट पक्का गरेको हो। भारतिय खेलाडीलाई प्राथमिकतामा राख्ने हेल्प नेपालले अघिल्लो संस्करणमा सहभागिता जनाएतापनि खेलाडी बिबादका कारण प्रतियोगिता छोडेको थियो।

च्याम्पियनसिपमा बिजयी शिर्ष तीन टोलीले नगद २ लाख, १ लाख र ५० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने छन्। यस्तै विधागत तर्फ उत्कृष्ट खेलाडीहरुले नगद १० हजार र सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार प्राप्त गर्ने छन्।

च्याम्पियनसिपको फाइनल दिउँसो २ बजे पहिलो खेल महिलाको एपिएफ र न्यू डायमन्ड विच र दोश्रो खेल पुरुषको एपिएफ र हेल्प नेपाल विच दिउँसो ४ बजे हुने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell