PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

बिजुलीको पोल राख्ने निहुँमा घुस, विद्युत प्राधिकरणका दुई कामदार पक्राउ



पहिलोपोस्ट

बिजुलीको पोल राख्ने निहुँमा घुस, विद्युत प्राधिकरणका दुई कामदार पक्राउ

काठमाडौः नेपाल विद्युत प्राधिकरणको कुलेश्वर विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत् दुई जना पक्राउ परेका छन्।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले प्राधिकरणमा काम गर्ने कृष्ण मुरारी चौधरी र बिजुलीको पोल सार्ने पुरुषोत्तम दाहाललाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

चौधरीले बिजुलीको पोल राखिदिने भन्दै सेवाग्राहीसँग पच्चिस हजार रुपैयाँ घुस मागेका थिए। उनलाई घुस दिँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका १४ स्थित गुडफुड तन्दुरी अगाडिबाट नियन्त्रणमा लिइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell