PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

पूरा भएन सरकारसँगको सहमति, कालोपट्टी बाँधेर खेतमा उत्रिए उखु किसान

पूरा भएन सरकारसँगको सहमति, कालोपट्टी बाँधेर खेतमा उत्रिए उखु किसान

रोजन श्रेष्ठ/पहिलोपोस्ट


सर्लाही : सरकारले उखु किसानको बक्यौता रकम माघ ७ गतेभित्र भुक्तानी गर्ने सहमति गरेको थियो। तर सहमति भएको दिन बितिसक्दा पनि रकम नपाए किसान फेरि आनन्दोलित बनेका छन्।

विरोध स्वरुप उखु किसान आज कालोपट्टी बाँधेर खेतमा ओर्लिएका छन्। उनीहरुले माघ महिनाभर भुक्तानी नपाए फेरि काठमाडौं आएर आन्दोलन गर्न चेतावनी दिएका छन्।

सर्लाहीका किसान धेरैपटक आन्दोलनमा उत्रिए पनि पैसा पाएनन्। त्यसपछि उनीहरु गत महिना अर्थात् पुसमा काठमाडौं आएर आनन्दोलनमा उत्रिएका थिए। आफ्नो रकम फिर्ता नलिएसम्म गाउँ नफर्कने अडानमा रहेका किसानसँग सरकारले पुस १८ गते पाँच बुँदे सहमति गरेको थियो। जस अनुसार गत मंगलवार सम्म उनीहरुले रकम पाउनुपर्ने थियो।

उक्त सहमति पछि अन्नपूर्ण चिनी उद्योगले किसानलाई ४२ करोडमध्ये तीन करोड ९० लाख रुपियाँ र महालक्ष्मी चिनी उद्योगले २१ करोड ४० लाख रुपियाँमध्ये ११ करोड ५० लाख रुपियाँ भुक्तानी गरेको थियो। तर सबै रकम भुक्तानी नभएपछि किसान आन्दोलित भएका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell