PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा रिट, सभामुख नबनाउन माग



पहिलोपोस्ट

अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा रिट, सभामुख नबनाउन माग

काठमाडौं : अग्नि सापकोटालाई सभामुखको बनाउन रोक लगाउन माग गर्दै अदालतमा रिट परेको छ। शुक्रवार सर्वोच्च अदालतमा अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन्।

अदालतका प्रवक्ता भद्रकाली पोखरेलले रिट परेको जानकारी दिए। 'रिट आएको छ तर दर्ता हुने नहुने केही समयमा थाहा हुन्छ,' पोखरेलले भने।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्व मन्त्रीसमेत रहेका सापकोटालाई सभामुख बनाउन निर्णय गरेर प्रकृया अगाडि बढाइसकेको छ। उनका विरुद्धमा नेपाली कांग्रेसले उम्मेदवारी दिएन। सभामुखमा सापकोटा नियुक्त हुने निश्चित भइसकेको अवस्थामा रिट दायर भएको हो।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको आरोप लगाउँदै तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्।

२०६२ वैसाख २१ गते माओवादीले अपहरण गरेको र सोही वर्षको असार दोस्रो साता हत्या गरिएको जाहेरी लामाकी श्रीमती पूर्णिमाया लामाले सापकोटा विरुद्ध उजुरी दिएकी थिइन्। सुरुमा त प्रहरीले जाहेरी समेत लिन नमानेको यो मुद्दा सर्वोच्च अदालतमा अहिले पनि चलिरहेकै अवस्थामा छ।

२०६८ वैसाख २१ गते नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको नेतृत्वमा सापकोटालाई सूचना तथा सञ्चारमन्त्री बनाइएपछि सो मुद्दा पुन: सुरु भयो। जिल्ला प्रशासनको आदेशमा प्रहरीले जाहेर नलिएको विषयलाई लिएर पूर्णिमायाले सर्वोच्च अदालतमा रिट दायर गरिन्। रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २०६४ फागुन २७ गते उनको जाहेरी दर्ता गर्न प्रहरी र जिल्ला प्रशासन कार्यालयका नाममा आदेश दियो। अदालतको उक्त आदेशपछि काभ्रे प्रहरीले २०६५ साउन २७ गते सापकोटा लयायत अन्य ६ जना माओवादीविरुद्ध कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता गरेको थियो।

तर, प्रहरीले आफ्नो मातहतका कार्यालयहरुलाई सञ्चार सम्प्रेषण गरेको तर फेला नपरेको भन्दै तामेलीमा राख्दै आएको जिकीर पूर्णिमायाले सर्वोच्चमा गरेकी थिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell