PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

सरस्वती क्लबमाथि जितसँगै मनाङ शीर्ष तीनमा



पहिलोपोस्ट

सरस्वती क्लबमाथि जितसँगै मनाङ शीर्ष तीनमा

काठमाडौं: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मर्स्याङदी क्लबले सरस्वती युथ क्लबलाई हराउँदै शीर्ष तीनमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले सरस्वती क्लबमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा मनाङका लागि बिमल रानाले निर्णायक गोल गरे। उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन्।

जितसँगै मनाङले अंक तालिकामा १६ अंक बनाएको छ। मनाङसँगै त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबको पनि समान १६ अंक नै छ। यद्यपि आर्मीले मछिन्द्र र मनाङ भन्दा एक खेल कम खेलेको छ।

आजै हुने दोस्रो खेलमा च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell