PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

सांसद दीपक मनाङेबाट पिटिएका एन्फा कास्की अध्यक्ष गुरुङ पनि पक्राउ



पहिलोपोस्ट

सांसद दीपक मनाङेबाट पिटिएका एन्फा कास्की अध्यक्ष गुरुङ पनि पक्राउ

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाका कास्की अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले शुक्रबार गुरुङलाई नियन्त्रणमा लिएको हो।

‘विभिन्न ठगी र बैंकिङ कसुरको उजुरीको आधारमा अनुसन्धानको लागि नियन्त्रणमा लिएका हौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले भने।

पक्राउ परेका गुरुङमाथि मंगलबार प्रदेेश सांसद दीपक मनाङेले हातपात गरेका थिए। खेलाडी व्यवस्थापन नगरेको भन्दै मनाङेले मुख्यमन्त्रीकपको उद्घाटन समारोहमा हातपात गरेका हुन्।

गुरुङले आफूमाथि हातपात भएको भन्दै उजुरी दिएपछि बिहीबार नै प्रहरीले सासंद मनाङेलाई नियन्त्रणमा लिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell