PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

सांसद दीपक मनाङे अझै दुई दिन हिरासतमै



पहिलोपोस्ट

सांसद दीपक मनाङे अझै दुई दिन हिरासतमै

काठमाडौं : गण्डकी प्रदेशका सांसद राजीव गुरुङ भनिने दीपक मनाङेविरुद्ध सार्वजनिक अपराधको कसुरमा म्याद थप गरिएको छ।

बिहीबार पोखराको लेक साइडबाट जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले सांसद मनाङेलाई नियन्त्रणमा लिएको थियो। आज जिल्ला प्रशासन कार्यालय कास्कीले उनीविरुद्ध सार्वजनिक अपराधको कसुरमा दुई दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले जानकारी दिए।  

अखिल नेपाल फुटबल संघ एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। खेलाडी व्यवस्थापन नगरेको भन्दै मनाङेले मंगलवार मुख्यमन्त्री कपको उद्घाटन समारोहमा गुरुङमाथि हातपात गरेका थिए। त्यसपछि गुरुङले मनाङेविरुद्ध प्रहरीमा उजुरी दिएका हुन्। 

तर, शुक्रबार मिलन स्वयं पनि पक्राउ परे। गुरुङविरुद्ध बैंकिङ कसुरको उजुरी परेकाले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

तत्कालीन नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारका रुपमा मनाङको प्रदेश सभा 'ख'बाट जीत हासिल गरेका उनी पटकपटक जेल परिसकेका व्यक्ति हुन्। कुनै बेला चर्चित 'डन'को पहिचान समेत बनाएका थिए। चुनाव जीतेपछि पुरानो मुद्दाका कारण लामो समय सपथग्रहण समेत नभएको उनलाई नेकपाले पार्टी प्रवेश गराउँदै प्रदेश सांसदको सपथ खुवाएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell