PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

न्यु डाइमन्डलाई हराउँदै एपिएफलाई उपाधि



पहिलोपोस्ट

न्यु डाइमन्डलाई हराउँदै एपिएफलाई उपाधि
फाइल फोटो

काठमाडौं: नेपाल भलिबल संघको आयोजनामा भएको पाँचौ आरबीबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को महिलातर्फ उपाधी सशस्त्र प्रहरी बलको एपिएफले जितेको छ। न्यु डाइमन्डलाई पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनल खेलमा एपिएफले ३-१ को सेटमा खेल जितेको हो। पहिलो सेट २५-२३ र दोस्रो सेट २५-२१ ले एपिएफले जिते पनि तेस्रो सेट २३-२५ ले गुमाएको थियो।

उक्त सेटमा एपिएफकी स्पाइकर प्रतिभा माली घाइते भएर अस्पताल लग्नु परेको थियो। त्यस्तै चौथो सेट २५-१८ मा जित्दै एपिएफले उपाधि जितेको हो।

यसअघि सेमिफाइनल खेलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–१५, २५–१६, २५–२२ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।

च्याम्पियनसिपमा बिजयी शीर्ष तीन टोलीले नगद २ लाख, १ लाख र ५० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने छन्। यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीहरुले नगद १० हजार र सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार प्राप्त गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell