PahiloPost

Jul 16, 2026 | ३२ असार २०८३

आठ लाख घुससहित गाउँपालिकाका अध्यक्ष पक्राउ



पी बी खड्का

आठ लाख घुससहित गाउँपालिकाका अध्यक्ष पक्राउ

सुर्खेत : जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। अख्तियारले शुक्रवार उनलाई आठ लाख घुससहित सुर्खेतबाट पक्राउ गरेको हो।

आयोगका अनुसार गाउँपालिकाको वडा नम्बर ५ स्थित उपभोक्ता समितिमार्फत सडक निर्माणको काम सकिएपछि रकम भुक्तानीको लागि बिल पेश गरेकोमा अध्यक्ष केसीले घुस रकम माग गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो।

उनीसँगै रहेका चन्द्रबहादुर बस्नेतलाई पनि घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell