PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

श्रीमती हुँदाहुँदै बालविवाह गर्ने बेहुला मण्डपबाटै पक्राउ, केटीका बुवा पनि प्रहरीको नियन्त्रणमा



राधेश्याम पटेल

श्रीमती हुँदाहुँदै बालविवाह गर्ने बेहुला मण्डपबाटै पक्राउ, केटीका बुवा पनि प्रहरीको नियन्त्रणमा
पक्राउ परेका बेहुला गणेश साह कलवार (बायाँ) र केटीका बुवा (दायाँ)।

वीरगंज : बारा प्रहरीले बालविवाह गर्ने बेहुला र गराउने केटीको बुवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको महागढिमाई नगरपालिका वडा नम्बर ८ धर्मनगरका ३४ वर्षीय गणेश साह कलवार र कलैया उपमहानगर घर भएका केटीका बुवा रहेका छन्। प्रहरीले केटीका बुवाको नाम खुलाएको छैन।

घरमा श्रीमती हुँदाहुँदै बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा आफूभन्दा आधा उमेरकी केटीसँग बिहे गर्न लागेका बेहुला गणेशलाई मण्डपबाटै पक्राउ गरेको बाराका एसपी विकासराज खनालले बताए। साथै प्रहरीले बालविवाह गराएको अभियोगमा केटीका बुवालाई पनि नियन्त्रणमा लिएको उनले बताए।

बेहुला कलवार र केटीका बुवामाथि बालविवाह र बहुविवाह उद्योगमा मुद्धा दर्ता गरी अदालत बाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। पक्राउ परेका बेहुला कलवार र केटीका बुवाविरुद्ध कलवारकी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell