PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

कथा प्रतियोगितामा भाग लिन आह्वान



पहिलोपोस्ट

कथा प्रतियोगितामा भाग लिन आह्वान

काठमाडौं : बाह्रखरी बुक्सले दोस्रो कथा प्रतियोगिताका लागि संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरेको छ।

प्राप्त भएका कथामध्ये आन्तरिक निर्णायक मण्डलले ५० कथा छान्ने र ती कथा निर्णायक मण्डललाई उपलब्ध गराउने छ। ती कथा मध्येबाट निर्णायकले ‘उत्कृष्ट कथा २०७७’ पुस्तकका लागि २५ वटा छान्नेछन् र त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुनेछ।

पत्रकार नारायण वाग्लेको संयोजकत्वमा उपन्यासकार अमर न्यौपाने र बिना थिङ तामाङ निर्णायक मण्डलमा रहेका छन्।

यस प्रतियोगितामा गत वर्ष नौ सयभन्दा बढी कथाकारले भाग लिएका थिए भने यस वर्ष अझ ठूलो सहभागिता हुने आयोजकको विश्वास छ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्लो वर्षमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार तथा अवार्ड र प्रमाणपत्र प्रदान गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell