PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

टर्कीमा भूकम्पले लियो कम्तिमा १८ जनाको ज्यान, डरले भागेकालाई चिसोबाट बचाउन सडकमा आगो



पहिलोपोस्ट

टर्कीमा भूकम्पले लियो कम्तिमा १८ जनाको ज्यान, डरले भागेकालाई चिसोबाट बचाउन सडकमा आगो

इस्तानाबुल : पूर्वी टर्कीमा शक्तिशाली भूकम्पमा परी कम्तिमा १८ जनाले ज्यान गुमाएका छन्। ६.८ म्याग्नेच्युड क्षमताको भूकम्प हुँदा शनिवार बिहान यहाँ तनावको अवस्था सिर्जना भयो।

भत्किएको भवनबाट १८ जनाको शव निकालिएको हो। अझै ३० जना मानिस हराइरहेका छन्। उनीहरु भूकम्पले भत्काएको संरचनाभित्र रहेको अनुमान गरिएको छ। एलाजिग प्रान्तको सिभ्रिकमा केन्द्रविन्दु रहेर भूकम्प भएको हो।

‘यो साच्चै डरलाग्दो थियो, हामीमाथि फर्निचर बज्रियो। धन्न हामी भाग्न सक्यौं,’ ४७ वर्षीय मेलहत क्यानले भने।

सरकारले तत्काल उद्दारमा सक्रियता जनाइसकेको छ। टर्कीका राष्ट्रपति रेसप तैयाप इडोगानले आफ्ना नागरिकसँग रहेको भन्दै ट्विट गरेका छन्।

भूकम्पपछि घर छाडेर निस्किएकाहरुलाई चिसोबाट बचाउन सडकहरुमा आगोको व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell