PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

‘ए’ डिभिजन लिगमा दुई खेल : आर्मीलाई एनआरटीको चुनौती



पहिलोपोस्ट

‘ए’ डिभिजन लिगमा दुई खेल : आर्मीलाई एनआरटीको चुनौती

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले अंक तालिकाको शीर्षस्थानमा रहेको त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। आर्मी आजको खेलमा जित निकाल्दै समान १९ अंक जोडदै तालिकाको शीर्षस्थानमा कायम रहन चाहन्छ। १६ अंकका साथ शीर्ष स्थानमा रहेको आर्मीलाई मछिन्द्र क्लब र मनाङ मर्स्याङदी क्लबले समान अंकका साथ पच्छ्याइरहेका छन्।

आर्मीले जित निकालेको खण्डमा ३ अंकको अग्रता बनाउने छ।

अर्कोतर्फ अघिल्लो सिजन तालिकाको पुछारमा रहेको न्युरोड टिमले प्रदर्शनमा सुधार गर्दै चार खेल जितिसकेको छ। एक बराबरी र दुई हारको सामना गरेको एनआरटी आजको खेलबाट पाँचौ जितको खोजीमा हुने छ। आजको खेलमा जित निकालेको खण्डमा एनआरटी चौथो स्थानसम्म उक्लने सम्भावना रहन्छ।

खेल १२ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ।

आजै हुने दोस्रो खेलमा फ्रेण्ड्स क्लबले संकटा क्लबको सामना गर्ने छ। अंक तालिकामा संकटा नवौं स्थानमा रहेको छ भने फ्रेण्ड्स क्लब ११ स्थानमा छ।

फ्रेण्ड्स क्लब आफ्नो खातामा ३ अंक थप्दै आठौं स्थानमा पुग्न चाहन्छ भने संकटाले जित निकालेको खण्डमा पाँचौं स्थान सम्म पुग्ने सम्भावना रहन्छ। खेल ३ बजे दशरथ रंगशालामा हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell